यतिबेला बजारमा लगानीयोग्य पुँजी (तरलता) अभाव रहेको छ । बैंकहरु थप कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुगेका छन् । यस्तो अवस्था भएका बेला नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लगानी अनुत्पादन क्षेत्रमा बढेको र यसले दुर्घटना निम्त्याउने भन्दै चेतावनी समेत दिइसकेको छ ।
राष्ट्र बैंकले चेतावनी दिएको अनुत्पादक क्षेत्रमा एउटा सेयर बजारपनि हो । बैंकहरुले सेयर बजारमा लगानी बढाएपछि बजारको परिसुचक त बढ्यो तर यो कृतिम हो भन्ने अहिले पुष्टि भइरहेको छ । बजारमा तरलता अभाव भएपछि व्याज पनि बढ्यो, बैंकहरुले थप लगानी गर्न सकेनन् । जसका कारण बजार ओरालो लाग्दै फेरी १२०० हाराहरीमा नेप्से परिसूचक झर्ने संकेत बजारमा देखिन थालेको हो ।
हामीले जतिनै गफ गरेपनि अहिलेसम्म हाम्रो पुँजीबजार काठमाडौको चक्रपथ केन्द्रीत छ । सानो बच्चारुपी बजारमा केही सिमित व्यक्तिको हल्लीखल्ली र दवदवाले नै चलिरहेको छ । सिमित व्यक्ति विषेशले चलखेल गरी कमाउने थलो बनाएको बजारमा साना लगानीकर्ताहरु ऋण तिर्न नसकेर आकुल व्याकुल अवस्थामा छन् । विगतमा बिना कारण फुलाएर नेप्से परिसुचक १८८१ पुर्याइयो । त्यसबेला साना लगानीकर्तालाएई फसाएर केही सिमित व्यक्ति विषेशले अकुत सम्पती कमाए । तर, अहिले बजारको घट्दो अवस्थामा धेरै लगानीकर्ता फसेको अवस्थामा छन् । कालो धनले व्याप्त पुँजी बजारमा व्यापक २ नम्बरी दलालहरुको चलखेलल छ । साना लगानीकर्तामा राम्रो ज्ञान नहुनु, लहैलहैमा अरुको देखासीखीमा लाग्दा व्यापक मात्रामा घाटा बेर्होनु परिहेको छ ।
पुँजी बजार कमजोर हुनुको कारण
कालो धन
एफपिओ र हकप्रद
मार्जिन लेडिङमा कडाइ
मार्जिन कल
उच्च व्याजदर
अदुरदर्शी नेप्से र सेवन
इन्साइडर ट्रेडिङ
लगानीकर्ता दुरदर्शी नहुनु
पुँजी बजार दिन प्रतिदिन कमजोर हुँदै गइरहेको छ । अहिले धमाधम जारी भइरहेका हकप्रद र एफपिओ सेयरले बजारबाट पैसा खिचिरहेको छ । बजारको रकम त्यतातिर गएकाले अब व्यापक मात्रामा मार्केट घट्नेछ । साघुरो मार्केट र सिमित लगानीकर्ता भएकाले अब आउने व्यापक एकपिओ र हकप्रदलाई लगानीकर्ताले धान्ने अवस्था छैन । यसबाट पनि मार्केट सूचकलाई १२ सय भन्दा तल झार्छ । २ अर्वको कारोबार हुने बजामा २० करोडमा झरिसकेको छ । अव यो अझै घट्ने निश्चित छ । एनएलआसीले ५५ अर्व तान्यो अर्ब तान्यो अब स्ट्यान्र्डर्ड चाटर्डले लगायत धेरै कम्पनीका एफपिओ आउदैछन् । विभिन्न कम्पनीले एफपिओका नाममा ब्रम्हलुट मच्चाइरहेका छन् । यो पुँजी बजार विकासका लागि घातक हो । तर यो घातक कुरा रोक्न केही लागि परेको छैन । कालोधन छानविन गर्न नसक्ने धितोपत्र बोर्डको नेतृत्वले पुँजी बजारको विकृती हटाउन सहयोग गर्छ भन्ने लगानीकर्तामा विश्वास छैन । कालोधन र सेयर धितो कर्जाले ग्रसीत लगानीकर्ता र बैंक टाट पल्टिन सक्ने संकेत देखिएको छ । होसियार !
- सेयर धितो कर्जाले लगानीकर्ता टाट पल्टेको अवस्था ।
- सेयरमा अत्याधिक कर्जाले बैंकहरु टाट पल्टीन लागेको अवस्था ।
- अहिलेको मार्केट नक्कली हो, सक्कली मार्केट बैंकको पुँजी ८ अर्व पुगिसकेपछि देखिन्छ ।
- २०७४ चैतपछि मार्केटको सक्कली रुप देखिन्छ\सेयर किन्ने सक्कली मार्केटमा हो ।
- अहिलेको अवस्थामा केही सेयर बेचेर बैंकको व्याज तिर्ने हो भने घाटा कम गर्न सकिन्छ ।
- मार्केट १२ सय मुनी आउन । उत्तानो पर्छ ।
प्रतिक्रिया