वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सानिमा बैंकको खुद नाफा ५५ प्रतिशतले बृद्धि

अर्थटुडे
२०७३ माघ ११, मंगलवार

काठमाडौं । सानिमा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६२ करोड २४ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलानामा ५५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले ४० करोड ८० लाख रुपैयाँ खुद नाफा गरेको थियो । बैंकको व्याज आम्दानी बढ्दा नाफा पनि बढेको हो ।

बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तिय विवरण अनुसार बैंकको प्रति सेयर आम्दानी २३ रुपैयाँ ६५ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १२६ रुपैयाँ ६९ पैसा रहेको छ । बैंकको निष्कृय कर्जा भने अत्यधिक न्युन ०.०१ प्रतिशत रहेको छ ।

बैंकले यस अवधिमा कुल ५० अर्व रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४६ अर्व रुपैयाँ कर्जा प्रबाह गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ३९ अर्व निक्षेप र ३३ अर्व रुपैयाँ कर्जा प्रबाह गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ