काठमाडौं । सनराइज बैंकको १ करोड ३२ लाख ५३ हजार ४८८ कित्ता बोनस सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएको छ । बैंकको विषेश साधारणसभाले ३३.३३ प्रतिशतका दरले बोनस सेयर पारित गरेको थियो ।
बोनस वितरणसँगै बैंकको चुक्ता पूँजी ५ अर्ब ३० करोड भन्दा बढी पुगेको छ । बैंकले एनआईडिसी क्यापिटल मार्केट्सलाई प्राप्ती गर्ने प्रक्रिया अघि बढिरहेको छ । प्राप्ति पश्चात कायम हुने चुुक्ता पुँजीमा ३० प्रतिशत हकप्रद शेयर जारी पश्चात बैंकको चुक्ता पुँजी ७ अर्ब ९ करोड पुग्नेछ । यसैगरी चालु आबको नाफाबाट बोनस शेयर जारी गरी चुक्ता पूँजी न्यूनतम ८ अर्ब पु¥्याउने लक्ष लिएको छ ।
प्रतिक्रिया