वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नौ करोड २९ लाख कित्ता बोनस सेयर बोर्डमा दर्ता

अर्थटुडे
२०७३ माघ १७, सोमबार

काठमाडौं । बोनस सेयर घोषणा गरेका २८ कम्पनीले नेपाल धितोपत्र बोर्डमा समेत दर्ता गराइसकेका छन् । गत आर्थिक वर्षको नाफाबाट ति कम्पनीहरुले नौ करोड २९ लाख २१ हजार ६ सय १६ कित्ता बोनस सेयर बोर्डमा दर्ता गराएका हुन् ।
कम्पनीले सो बोनस सेयर साधारणसभाबाट पारित गराएर बोर्डमा दर्ता भई नेप्सेमा पनि सुचिकृत भइसकेको छ । अन्य धेरै कम्पनीहरुले साधारणसभा गरेर बोनस सेयर पारित गरेपनि बोर्डमा भने दर्ता गराएका छैनन् ।

बोर्डमा अपी पावर कम्पनीको ५ प्रतिशत, प्रभू इन्सुरेन्सको १७ प्रतिशत, फस्ट माइक्रोफाइनान्सको १५ प्रतिशत, ओरेन्टल होटलको २० प्रतिशत, युनिक फाइनान्स १६ प्रतिशत, गुडवील फाइनान्स २५ प्रतिशत र आइसिएफसि फाइनान्सको १७ प्रतिशत बोनस सेयर दर्ता भएको छ ।

त्यस्तैगरी नेपाल बंगलादेश बैंकको ३२ प्रतिशत, अल्पाइन डेभलपमेन्ट बैंकको २३ प्रतिशत, सिटिजन्स बैंक इन्टरनेसनलको २४.४९ प्रतिशत, कावेली विकास बैंकको २० प्रतिशत, अरुण भ्याली हाइड्रो पावरको १० प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकको २० प्रतिशत, एनआइसी एसिया बैंकको २६ प्रतिशत, नविल बैंकको ३० प्रतिशत, कन्ट्री डेभलपमेन्ट बैंकको ७.२५ प्रतिशत, निर्धन उत्थान बैंकको २० प्रतिशत, एभरेष्ट फाइनान्स १४.५० र सानिमा बैंकको १५ प्रतिशत बोनस सेयर बोर्डमा दर्ता भएको छ ।

त्यस्तै युनाइटेड फाइनान्स २० प्रतिशत, सिद्धार्थ डेभलपमेन्ट बैंकको २४ प्रतिशत, तनहुँ डेभलपमेन्ट बैंकको २५ प्रतिशत, सनराइज बैंकको ३३.३३ प्रतिशत, कर्णाली डेभलपमेन्ट बैंकको ११ प्रतिशत, सिन्धुविकास बैंकको १६.८० प्रतिशत, रिडि हाइड्रो पावरको ६ प्रतिशत र सहयोगी विकास बैंकको २२ प्रतिशत बोनस सेयर बोर्डमा दर्ता भई नेप्सेमा समेत ससुचिकृत भइसकेको बोर्डले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ