कुनै पनि कम्पनीले तोकिएको सिमा पुर्याउन थप शेयर जारी गर्नसक्छ यसलाइ फर्दर पब्लिक इस्यु (एफपीओ) भनिन्छ । सिद्धान्तत यो पूँजी वृद्धि गर्ने मुल उपकरण हैन । पूँजी वृद्धि गर्ने मुल उपकरण भनेको कमाएको नाफालाइ पूँजिकृत गर्ने र हकप्रद मात्रै हो ।
यसबाहेक पूँजीको केही हिस्सा सर्वसाधारणलाई दिएर पनि गर्ने गरिन्छ । यसो गर्नुको पछाडी उनिहरुको पनि स्वामित्व कायम गराउनु हो । नियमक भएको अवस्थामा सर्वसाधारणलाई कति दिने भन्ने सिमा तोकिएको हुन्छ ।
नेपालको प्रचलित कानुनमा अधिकतम ४९ प्रतिशत सम्म सर्वसाधरणलाई सेयर दिन सकिने व्यवस्था छ । सोहि बमोजिम सर्वसाधारणको ४९ प्रतिशत सम्म सेयर हिस्सा भएको पनि छ । नियामक निकाय भए पनि बिमा कम्पनीको २० प्रतिशत मात्र बजार हिस्सा छ । नियामक निकाय बिमा समितिले नभने पनि बिमा कम्पनीहरु ३० प्रतिशत साधारण सेयर पुर्याउने कार्यमा लागीरहेका छन् ।
बुझ्नुपर्ने कुरा के छ भने एफपीओ हकप्रद भन्दा धेरै भिन्न छ । हकप्रदमा निश्चित दिनसम्म कायम रहेका शेयरधनिले मात्रै लिन पाउँछन् । हकप्रद बिक्री प्रयोजनको लागि एकदिन शेयरधनी दर्ता किताब बन्द गरिन्छ ।
मानौँ अमुक कम्पनीले ५० प्रतिशत हकप्रद शेयर माघको २८ गतेबाट बिक्री गर्ने भयो भने त्यो हकप्रद लिन पाउने प्रयोजनका लागि आषाढ २० गते एकदिन शेयरधनी दर्ता किताब बन्द गर्छ र १९ गतेसम्म किन्नेले मात्रै हकप्रद लिन योग्य हुन्छन । तर माथिकै अमुक कम्पनीले एफपीओ जारी गर्दा शेयरधनी दर्ता किताब बन्द गर्नपर्दैन । यसबाट के बुझ्नुपर्छ भने साविक शेयरधनी हुनु नहुनुले एफपीओ भर्न कुनै फरक पदैन ।
अमुक कम्पनीले एफपीओ जारी गर्ने घोषण गर्ने बित्तिकै हतारिएर शेयर किन्नुपर्दैन । धेरैको भनाइ छ एफपीओले जगेडा कोष बढ्छ त्यही भएर किनेको भन्ने कुरा युक्तिसंगत हैन । किनकी अमुक कम्पनीको शेयर तपाईंले आज किने पनि भोलि किने पनि जगेडा तपाईंलाई मात्रै दिने हैन । त्यो जगेडा एफपीओ मार्फत कायम हुने शेयरधनीको पनि भाग लाग्छ । र जहिलेसुकै कायम हुनेको पनि भाग लाग्छ ।
केहिको भनाइ छ हाम्ले नै पाउने हो भन्ने पनि छ । पाउने हाम्ले नै हो तर सोच्नुस त बजारमा १२०० मा किन्न पाइन्छ ४ दिनपछि बढे बेच्न पाइन्छ । नाफा तपाईंको हातमा छ तर थप मूल्य तिरेर कम्पनीसँग किनेको पैसा कम्पनीमा जान्छ तपाईंलाई पाँच वर्र्षपछी फिर्ता दिन्छ बोनसको रुपमा के फाइदा भो एफपीओ किनेर ?
कम्पनीले त हामिसँग लिएको पूँजी परिचालन गरेर कमाएर पो दिने हो । हामिसँग लिएर हामिलाइ नै दिने हो र ?
त्यही भएर एफपीओ प्रतिको मरिहत्ते पारा छाडेर बजारबाट किन्ने गरौं एफपीओ निरुत्साहित गरौं र परल मुल्यमा नै बेच्न लगाऔं ।
ज्योति दाहालको फेसबुकबाट
प्रतिक्रिया