वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हकप्रद सेयरमा कडाई गर्दै राष्ट्र बैंक

अर्थटुडे
२०७३ माघ २०, बिहीबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुको हकप्रद सेयर निष्कासनमा कडाई गर्ने संकेत देखाएको छ । बैंक तथा वित्तिय संस्थाहरुलाई घटाउनका लागि पुँजी बृद्धिको योजना ल्याएपनि हकप्रद सेयर जारी गरेर धेरैजसो बैंकहरुले आठ अर्व पुँजी पुर्याउन थालेपछि राष्ट्र बैंकले हकप्रदमा कडाई गर्ने संकेत देखाएको हो ।

राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिबाकोटीले हकप्रद सेयरका कारण पछिल्लो समयमा बैंक तथा वित्तिय संस्थाहरुमा तरलताको समस्या देखिएको भन्दै पुँजी बृद्धिको उदेश्य व्यवसाय विस्तारसगै संख्या घटाउनको लागि पनि रहेको बताए ।

बैक तथा वित्तिय सस्थाका सञ्चालक तथा संस्थापकहरुले बैंकहरुबाट नै ऋण लिएर हकप्रद हाल्ने गरेको पाइयो डेपुटी गभर्नर सिवाकोटीले भने,‘यसमा निश्चित सिमा तोक्नु आवश्यक छ ।‘ सिवाकोटीको भनाइले पुँजी बृद्धिपछि बैंक तथा वित्तिय संस्थाको संख्या घटाउने राष्ट्र बैंकको लक्ष्य पुरा नभएको स्पष्ट बुझ्न सकिन्छ ।

बैंक तथा वित्तिय संस्थाले राष्ट्र बैंकको पुँजी बृद्धिको निर्णयसँगै हकप्रद सेयर जारी गरेर पुँजी बृद्धि गर्ने नीति लिए । जसले गर्दा बजारमा समस्या पैदा भयो । आजको कारोबार बाट

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ