काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चले खाना पकाउने ग्यासमा गरिएको मूल्य बृद्धि फिर्ता गर्न सरकारसँग माग गरेको छ । ग्याँसमा भएको मूल्य बृद्धि अनुचित भएको र यसबाट आम उपभोक्ता मर्कामा परेको भन्दै मञ्चले मुल्यबृद्धि फिर्ताको लागि माग गरेको हो ।
नेपाल आयल निगमले बुधबारातीदेखी लागु हुनेगरी खाना पकाउने ग्याँसमा २५ रुपैयाँ बढाएको थियो । यो सँगै प्रतिसिलिन्डर १३५० रुपैयाँ पुगेको छ । नेपाल आयल निगमले स्थिर भइरहेको बजारलाई अस्थिर पारेको मञ्चका अध्यक्ष प्रेमलाल महर्जनको भनाई छ । उनले प्रधानमन्त्री कार्यालय र आपूर्ति मन्त्रालयलाई पत्र लेखेर सो कुरा बताएका हुन् ।
‘अहिले खाना पकाउने ग्यासमा निगमको भनाइअनुसार प्रति सिलिण्डर १६२ रुपैयाँ घाटा छ भने अहिले पनि पेट्रोल, मट्टितेल र हवाइ इन्धनमा ठूलो नाफा छ,’ विज्ञप्तिमा लेखिएको छ ।
मन्चले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य गत डिसेम्बरदेखि अहिलेसम्म प्रतिव्यारेल ५० देखि ५२ डलरको हाराहारीमा स्थिर रहेको अवस्थामा अन्तराष्ट्रिय बजारमा मूल्य बढ्यो भन्ने तर्क आफैमा खण्डनयोग्य रहेको बताएको छ ।
प्रतिक्रिया