काठमाडौं । यती डेभलपमेण्ट बैंकले आकर्षक व्याजसहित आश्वा बचत योजना सञ्चालनमा ल्याएको छ । यही माघ १४ देखि सञ्चालनमा ल्याएको आश्वा बचत न्युनतम १०० रुपैयाँमा खाता खोल्न सकिन्छ । यस निक्षेप योजना अन्तर्गत निक्षेपकर्ताहरुले बचत खाता मा नै बार्षिक ६ प्रतिशतले ब्याज पाउने छन् ।
नेपाल धितो पत्र बोर्डबाट आस्वा प्रणालीको अनुमति प्राप्त गरेको यती डेभलपमेण्ट बैंकले बिभिन्न कम्पनीहरुको शेयर फारम भर्न ग्राहकहरुलाई न्यूनतम मौज्दातमा खाता खोल्न सकिने र रोक्का राखिएको रकमको उच्चतम् प्रतिफल दिने अभिप्रायले यो योजना सञ्चालनमा ल्याएको हो ।
बैंकले प्रधान कार्यालय दरवारमार्गबाट सांझ ७ बजे सम्ममको सन्ध्याकालीन काउन्टर र शनिवार तथा अन्य सार्वजनिक बिदाका दिनहरुमा दिंउसो १२ बजे देखि २ बजे सम्मको होली डे काउन्टर पनि संचालन गर्दै आईरहेको छ ।
प्रतिक्रिया