वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एसएसपी खत्री पक्राउ, सुन तस्करसँग मिलेको आरोप

अर्थटुडे
२०७३ माघ २३, आईतवार

काठमाडौं । प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्री आइतबार पक्राउ परेका छन् । त्रिभुवन विमान स्थलबाट हुने सुन तस्करीलाई सघाएको आरोपमा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले आइतबार पक्राउ गरेको हो ।
उनी यसअघि भएको ३४ किलो सुन तस्करीका बेला त्रिभुवन विमानस्थलमा कार्यरत थिए । विमानस्थल बाहिरबाट उक्त सुन बरामद भएपछि अनुसन्धान गर्न एसएसपी खत्रीलाई प्रहरी हेडक्वाटरमा तानिएको थियो । अनुसन्धानका क्रममा दोषी देखिएको भन्दै सिआइबीले उनलाई पक्राउ गरेको हो ।

यसअघि सुन तस्करीमा संलग्न भएको आरोपमा सिआइबीले बाँकेका गोपालबहादुर शाही, मोरङका दिलबहादुर थापा र धनुषाका सन्तोष काफ्लेलाई नियन्त्रणमा लिएको थियो । सुन छुटाउन सघाएको आरोपमा प्रहरीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अधिकृतहरु श्रीनारायण यादव र राजकुमार ढकाललाई समेत पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो ।

उनीहरुको बयानबाट खत्री पनि संलग्न रहेको पाएपछि सिआइबीले पक्राउ गरेको हो । दुवइबाट ल्याइएको ३४ किलो सुन त्रिभुवन विमानस्थलबाट बाहिरिएपछि पुस २१ गते प्रहरीले बरामद गरेको थियो । त्यसपछि प्रहरी हेडक्वाटरले उनलाई विमानस्थलको सुरक्षाको जिम्मेवारीबाट मुक्त गरेको थियो ।

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सुन तस्करीका ठूला माछा अरु रहेको भनेर तस्करलाई पक्राउ गर्नु नसक्नुमा लाचारी ब्यक्त गरेका थिए । प्रहरीले यस पटक सुन तस्करीमा संलग्न र सहयोगी कर्मचारीलासंगठित अपराधमा मुद्दा चलाउने भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ