वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल एसबीआइ बैंकले जारी गरेको एफपीओ बाँडफाँड, ७ जनाले पाए ११ कित्ता

अर्थटुडे
२०७३ माघ २३, आईतवार

काठमाडौं । नेपाल एसबिआई बैंक निष्काशन गरेको एफपीओको बाँडफाँड भएको छ । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यािपटलको कार्यालयमा एफपीओ बाँडाफाँड भएको हो ।

बैंकले पुस १० गते ६७ हजार सात सय ६७ कित्ता एफपीओ जारी गरेको थियो । एफपीओ ६ हजार ७७०जनालार्य बाँडफाँड गरिएको एनआइवीएल क्यापिटलले जनाएको छ । बैकले सवैभन्दा धेरै ११ कित्ता दिएको छ । जम्मा ११कित्ता सात जनाले मात्र पाएका छन् ।

एनआइवीएल क्यापिटलका अनुसार १०.८७ कित्ता भने एक जनाले मात्र पाएका छन् । बाँकी सेयर १० कित्ताका दरले बाडिएको छ । बैंकको एफपीओमा ५७ हजारभन्दा बढी आवेदन परेको थियो ।  बैंकले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ८७१ रुपैयाँ प्रिमियम मूल्य थपेर प्रतिकित्ता ९७१ रुपैयाँका दरले एफपीओ जारी गरेको थियो ।

बैंकले संस्थापक शेयरधनी र साधारण सेयरधनीको स्वामित्व ७०ः३० कायम गर्नका लागि एफपीओ जारी गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ