काठमाडौं । कृषि विकास बैंकले हकप्रद निष्कासन गर्दा विक्रि नभएको सेयर लिलामीमा विक्रि गर्ने भएको छ । बैंकले १९ लाख ६८ हजार ५७५ कित्ता सेयर लिलामीमा विक्रि गर्न लागेको हो । यही माघ २७ गतेदेखि बैंकले लिलामी सुरु गर्न लागेको हो ।
लिलामी बिक्री बन्द फागुन १२ गते हुनेछ । कृषि विकास बैंकको सेयरधनी ग्रामीण भेगका जनताहरु पनि रहेका छन् । सुचनाको पहुँच नहुदा बैंकले निष्कासन गरेको हकप्रद सेयर उनीहरुले नकिनेका कारण हकप्रद विक्रि हुन सकेन । बैंकले सेयर लिलामीको लागि एस क्यापिटललाई बिक्री प्रबन्धक राखेको छ । लिलामीको सेयरमा लगानीकर्ताले एकसय भन्दा बढी भाउमा बोलपत्र फाराम भर्नुपर्ने छ ।
लिलामीको सेयरमा न्यूनतम एक सय कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने छ । यसअघि कृषिले कात्तिक ३ देखि मंसिर ७ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो । आवेदकले एस क्यापिटल लालकोलनीमार्ग लालदरबार काठमाडौंबाट आवेदन फारम लिन र बुझाउन सक्नेछन् । बोलपत्र फागुन १३ गते दिउसो ३ बजे एस क्यापिटल लालकोलनीमार्ग लालदरवार काठमाडौंमा खोलिनेछ ।
प्रतिक्रिया