काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ९७ करोड रुपैयाँ खुद नाफा गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा २९ प्रतिशतले बढी हो । बैंकले ब्याज आम्दानी २२ र संचालन नाफा २६ प्रतिशतले बढाएको छ ।
त्यस्तै बैंकले ७० प्रतिशत बोनस सेयर वितरण गरी चुक्तापुँजी चार अर्व ६० करोड पुर्याएको छ । बैंकको प्रतिसेयर आम्दानी भने १५ रुपैयाँले घटी ४२ रुपैयाँमा झरेको छ । गत वर्षको सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी ५७ रुपैयाँ रहेको थियो ।
बैंकले निस्क्रय कर्जा ०.७ प्रतिशत रहेको छ भने जगेडाकोषमा चार अर्व ४६ करोड रहेको छ । बैंकले यस अवधिमा ९० अर्व ४३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ७२ अर्व ६१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
प्रतिक्रिया