नवलपरासी । उपप्रधान् तथा गृहमन्त्री बिमलेन्द्र निधिले एमालेकोे खोक्रो राष्ट्रबादको कुरा गरेर देशलाई बन्धक बनाएको आरोप लगाए । शुक्रबार नवलपरासीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै निधिले एमालेको रबैयाको कारण मधेशी मोर्चा खुसी नभएको बताउँदै मोर्चा र एमालेको सम्वाद शुरु भएको र संबाद सकारात्मक भएकाले संबिधान सशोधनको प्रस्ताव सफल हुनेमा आफु विश्वस्त रहेको बताए ।
प्रमुख प्रतिपक्षी दल एमालेसँग बार्ता छलफल गरी सिमाङकन लगायतका सबै समस्या समाधान गरेर सरकार देशलाई निकास दिन लागिपरेको उनको दावी थियो । कांग्रेसका नेता समेत रहेका मन्त्री निधिले स्थानीय तह वा निकायको जुनसुकै चुनाव भए पनि कांग्रेसलाई आपत्ति नभएको जिकिर गरे। मुलुकलाई खिण्डन गर्न खोज्ने जो सुकैलाई संबिधानले दिएको परीधिभित्र रहेर कारबाही गरिने निधिको भनाई थियो ।
प्रतिक्रिया