काठमाडौं । एनआईडिसी क्यापिटल मार्केट्स लिमिटेड र सनराइज बैंकले एकीकृत कारोबार सुरु गरेको छ । सनराइज बैंकले केहि समय अघि एनआईडिसीलाई प्राप्ति गरेको थियो । शुक्रबार आयोजित एक कार्यक्रमबीच गर्भनर डा. चिरञ्जीवि नेपालले एकीकृत कारोबारको शुभारम्भ गरे । समूहिक लगानी कोष र धितोपत्र सम्बन्धी कारोबार गर्नको लागि एनआईडिसी क्यापिटल किनेको हो ।
यस्तै बैंकले केही महिनाअघि नारायणी नेशनल फाईनान्सलाई आफुमा मिलाएको थियो । बैंकले एनआइडिसीको सय कित्ता सेयर बराबर आफ्नो ६५ कित्ता हुने गरी खरिद गरेको हो । बैंकले क्यापिटललाई खरिद गर्ने प्रस्ताव दुवै संस्थाको पुस २५ बसेको विशेष साधारणसभाले पारित गरेको थियो भने राष्ट्र बैंकले यही माघ १३ गते अन्तिम स्वीकृत दिएको थियो ।
एनआईडीसी क्यापिटल किनेपछि बैंकको बैंकको चुक्ता पुंजी ५ अर्व ४५ करोड पुगेको छ । अब बैंकले प्रस्ताव गरेको ३० प्रतिशत हकप्रद शेयर निष्काशन पश्चात बैंकको चुक्ता पूँजी करिब ७ अर्व दश करोड पुग्ने बैंकले जनाएको छ ।
प्रतिक्रिया