काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा एक अर्ब २१ करोड खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा बैंकले ५० करोड रुपैयाँ नाफा कमाएको थियो । बाणिज्य बैंकसँगै अर्व कमाउने बाणिज्य बैंकको संख्या ६ पुगेको छ ।
यस त्रैमासमा सञ्चालनमा रहेका २८ बाणिज्य बैंकमध्ये नेपाल बैंक, नविल बैंक,नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभू बैंक, हिमालयन बैंकले एक अर्व भन्दा बढी नाफा कमाएका छन् । बैंकहरुले त्रमशः एक अर्ब ८९ करोड, एक अर्ब ७४ करोड, एक अर्ब ५८ करोड, एक अर्ब ११ करोड र एक अर्ब दुई करोड नाफा गरेका छन् ।
बाणिज्य बैकले व्याज आम्दानीबाट ३ अर्व भन्दा बढी कमाएको छ भने बैंकको कर्जा निक्षेप अनुपात ६७.९० प्रतिशत रहेको छ । दोस्रो त्रैमास सम्ममा बैंकले एक खर्व ३८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने ९३ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेको छ । बैंकको चुक्तापुजी ८ अर्व ५८ करोड रुपैयाँ रहेको छ । बैंकको खराव कर्जा पौने तीन प्रतिशत मात्र छ ।
प्रतिक्रिया