वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

किन रोकियो स्ट्यान्डर्ड चाटर्ड बैंकको एफपीओ ?

अर्थटुडे
२०७३ फाल्गुन ४, बुधबार

काठमाडौं । स्ट्यान्डर्ड चाटर्ड बैंक नेपालको एफपीओ तत्कालको लागि रोकिएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिले तत्काल एफपीओ जारी नगर्न व्यवस्थापनलाई निर्देशन दिएको हो ।

सेयर बजार ओरालो लागेको र बजारमा तरलता अभावका कारण तत्काल एफपीओ जारी नगर्ने सञ्चालक समितिले निर्णय गरेको छ । बैंकले १२ सय ९० रुपैयाँका दरले एफपीओ निष्कासन गर्न सोमबार मात्र नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

बैंकले प्रिमियम मूल्यमा २५ लाख ५८ हजार १४० कित्ता सेयर जारी गर्न लागेको थियो । बैंकले १०० रुपैयाँ अंकित दरको सेयरमा ११ सय ९० रुपैयाँ प्रिमियम थप गरी अतिरिक्त जारी गर्न लागेको थियो । धितोपत्र बोर्डले पनि स्वीकृति दिइएसकेको ले केही दिन भित्र नै एफपीओ निष्कासनको तयारीमा बैंक रहेको थियो । अब केही समयका लागि सो एफपीओ निष्कासन स्थगित भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ