काठमाडौं । समता माइक्रोफाइनान्सको आइपीओको सेयर बाँडफाँड गरिएको छ । सेयर गोलाप्रथा विधिबाट बाँडफाँड गरिएको हो । यस कम्पनीको आइपीओमा लगानी गर्नेले पनि १० कित्तामा नै चित्त बुझाउनुपर्ने भएको छ । बुधबार विहान एनआइबीएल क्यापिटल लिमिटेडमा कम्पनीको सेयर बाँडफाँड गरिएको हो ।
कम्पनीको आइपीओमा ८६ हजार २३७ जनाले सेयर भरेका थिए भने जम्मा आठ हजार आठ सय ५६ जनाले मात्र सेयर पाएका छन् । कम्पनीले ९४ हजार ८०० कित्ता आइपीअपो विक्रि खुल्ला गरेको थियो भने एक अर्ब ८८ करोड ३१ लाख रुपैयाँ बराबरको आवेदन परेको थियो ।
कुल निष्कासन गरिएको सेयरमध्येबाट एक हजार आठ सय ९६ कित्ता सेयर कर्मचारीलाई दिइएको छ भने चार हजार सात सय ४० कित्ता सेयर सामूहिक लगानी कोष कम्पनीले पाएका छन् । कम्पनीले पुस १९ देखि २२ गतेसम्म आइपीओ बिक्री खुला गरेको थियो ।
प्रतिक्रिया