वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिटिजन्स बैंकले ५ वर्षे मुद्दति खातामा १२ प्रतिशत व्याज दिने

अर्थटुडे
२०७३ फाल्गुन ४, बुधबार

काठमाडौं । सिटिजन्स बैंकले फाल्गुन ४ गते देखि लागु हुने गरी ‘सिटिजन्स ५ वर्षे मुद्दति योजना’सार्वजनिक गरेको छ ।सो योजना अन्तर्गत ग्राहकले बार्षिक १२ प्रतिशतसम्म व्याज पाउने छन् भने न्युनतम एक लाख रुपैयाँ खातामा राख्नुपर्ने छ ।
एक वर्ष देखि ५ वर्ष सम्म राख्न पाउने सो योजना अन्तर्गत २ वर्ष सम्मको मुद्दती खाता हुने ग्राहकले जुनसुकै वेला पनि रकम झिक्न सक्नेछन् ।

यसैगरी २ वर्ष भन्दा वढी अवधिको मुद्दती खाता हुने ग्राहकले २ वर्ष पश्चात कुनै पनि बखत आफ्नो रकम झिक्न सक्नेछन् । यसरी आफ्नो खाताबाट रकम झिक्दा कुनै पनि शुल्क नलाग्ने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

यसैगरी बैंकले बुधबारदेखि नै लागु हुने गरी सम्पुर्ण बचत खाताको व्याजदरमा पनि एक प्रतिशतले बृद्धि गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ