काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले २० प्रतिशत वोनस सेयर दिने घोषणा गरेको छ । बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैंठकले गत वर्षको नाफाबाट आफ्ना सेयरधनीहरुलाई बोनस सेयर दिने निर्णय गरेको हो । त्यस्तै बैठकले कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांस समेत दिने निर्णय गरेको छ ।
हाल ६७ करोड १३ लाख चुक्ता पुँजी रहेको यस कम्पनीको बोनस सेयर वितरणपछि ८० करोड ५५ लाख रुपैयाँ चुक्तापुँजी पुग्ने छ । कम्पनीले बोनस सेयर जारी गरेपछि कायम हुने चुक्ता पूँजीमा ५० प्रतिशत हकप्रद सेयर निस्कासन गर्ने समितिको बैठकले निर्णय गरेको छ । सञ्चालन समितिको सो निर्णयलाई साधारणसभाले पारित गरी बिमा समितिबाट स्वीकृत भएपछि बाडिने छ ।
प्रतिक्रिया