वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

साताको अन्तिम दिन पनि बजार २७.अंकले बढ्यो

अर्थटुडे
२०७३ फाल्गुन ५, बिहीबार

काठमाडौं । साताको अन्तिम दिन पनि सेयर बजार २७.०५ अंकले उकालो लागेरको छ । यसले लगानीकर्ताहरुमा आशा पलाएको छ । सेयर बजार बुधबार ४१.८७ अंकले उकालो लागेको थियो ।

यसदिन सवैभन्दा बढी बिमा समूह २९० अंकले उकालो लागेको छ । त्यस्तै बैंकिङ २६.३७ अंक, होटल २४.६८ अंक, विकास बैंक २४ अंक, जलविद्युत १४ अंक र फाइनान्स करिव १२ अंकले उकालो लागेको छ ।  त्यस्तै उत्पादनमूलक समूह र अन्य समूहको भने क्रमशः६.३५ र ६.६५ अंकले ओरालो लागेको छ ।

यसदिन चार कम्पनीको सेयरमूल्य दश प्रतिशतका दरले बढेको छ । नेपाल इन्स्योरेन्स, नबिल ब्यालेन्स फन्ड, एभरेष्ट इन्स्योरेन्स र एनबी इन्स्योरेन्सको सेयरमूल्य दश प्रतिशतका दरले बढेको छ । यसैगरी अन्य नौ कम्पनीको सेयरमूल्य समेत नौ प्रतिशत भन्दा धेरैले बढेको छ ।

यसदिन पनि दिब्यश्वरी हाइड्रोका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको सेयरमूल्य नौ प्रतिशत भन्दा धेरैले झरेको छ । यस्तै मिशन डेभलपमेन्ट,गुडविल फाइनान्स लक्ष्मी भ्यालु फण्ड, फस्र्ट माइक्रो, नेशनल हाइड्रो, रिलायन्स फाइनान्स, लगायतका कम्पनीका लगानीकर्ताले धेरै गुमाएका छन् ।

विहिबार सवैभन्दा बढी कारोबार हुने कम्पनीहरुमा बैंक अफ काठमाण्डौ लुम्बिनी, प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल लाइफ, नेशनल लाइफ र एशियन लाइफ, लगायतका रहेका छन् ।  दिनभर १४५ कम्पनीकपो ६६करोड बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ