वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिद्धार्थ बैंकको ३९ प्रतिशत बोनस सेयर पारित

अर्थटुडे
२०७३ फाल्गुन ५, बिहीबार

काठमाडौं । सिद्धार्थ बैंकको बिहीबार सम्पन्न साधारण सभाले ३९ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । बैंकले यसअघि बिक्री गरेको २५ प्रतिशत हकप्रदलाई समेत जोडेर ३९ प्रतिशत बोनस सेयर दिएको हो ।

बैंकले अब फेरि बोनस सेयरपछि कायम हुने चुक्ता पुँजीलाई जोडेर अर्को ३०५ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि साधारण सभाले पारित गरेको छ । बैंकले एक सय कित्ता सेयर बराबर थप ३० कित्ता हकप्रद सेयर दिने भएको हो ।

यसअघि सिद्धार्थ बैंकले बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंकलाई गाभेको हो । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको ७२ करोड ६० लाख खुद मुनाफा गरेको छ । सिद्धार्थको चुक्ता पुँजी पाँच अर्ब २३ करोड रुपैयाँ रहेको छ ।
बैंकको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ७४ पैसा र प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ २२ पैसा छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ