काठमाडौं । सिनर्जी पावर डेभलपमेन्टको सेयर विहिबार बाँडफाँट भएको छ । कम्पनीको विक्रि प्रबन्धकको रुपमा रहेको सानिमा क्यापिटलका अनुसार कम्पनीको आइपीओमा लगानीगरेका लगानीकर्ताले न्यूनतम दश देखि अधिकतम ६१६ कित्तासम्म सेयर पाएका छन् ।
सानिमा क्यापिटलका अनुसार साना लगानीकर्ताको भागमा ७ लाख ७२ हजार ८ सय कित्ता तथा ठुला लगानीकर्ताको भागमा ११ लाख ५८ हजार ६ सय कित्ता सेयर हात परेको छ । सिनर्जीको आएपीओमा ३१ हजार रुपैयाँ सम्मको आवेदन दिने लगानीकर्तालाई गोलाप्रथाबाट दश कित्ताका दरले सेयर वितरण गरिएको छ ।
त्यस्तै त्यसभन्दा माथि ३२ हजारदेखि ५० हजारसम्म आवेदन गर्ने साना लगानीकर्तालाई ३.०४ प्रतिशत र पचास हजार भन्दा बढी आवेदन गर्नेलाई २.९३ प्रतिशतका दरले सेयर बाँडफाँट गरिएको छ ।
कम्पनीले पुस ८ गतेदेखि १२ सम्म आवेदन म्याद राखेर २१ करोडको आइपीओ बिक्री खुला गरेको थियो । सो आइपीओमा ३२ गुणा बढी आवेदन परेको थियो ।
प्रतिक्रिया