वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिनर्जी पावरको आइपीओमा नपरेको रकम फागुन १० देखि फिर्ता

अर्थटुडे
२०७३ फाल्गुन ६, शुक्रबार

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्टको आइपीओमा नपरेको रकम कम्पनीले फागुन १० देखि फिर्ता दिने भएको छ ।
कम्पनीले धितोपत्र बाँडफाँड नियमावली अनुसार फागुन १० गतेदेखि वितरण गरिने कम्पनीले सुचना जारी गरेको छ ।

कम्पनीको सेयर बिक्री प्रबन्धक सानिमा क्यापिटलले सोही व्यवस्था अनुसार सेयर नपरेका लगानीकर्तालाई सेयर नपरेको पैसा फिर्ता गर्नेछ । सानिमा क्यापिटलले कुन् कुन् बैंकमा सिधै सेयर नपरेको पैसा फिर्ता हुने भन्ने सम्बन्धमा कुनै जानकारी दिएको छैन ।

सिनर्जी पावर डेभलपमेन्टले पुस ८ गते देखि १२ सम्म आइपीओ निष्काशन गरेको थियो । कम्पनीले एक सय रूपैयाँ अंकित दरमा २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता सेयर बेचेको थियो । जस मध्ये ६३ हजार कित्ता सेयर कर्मचारीलाई र एक लाख ५ हजार कित्ता सेयर म्युचुअल फण्डका लागि बाँडफाँड भैसकेको छ ।

बाँकी रहेको १९ लाख ३२ हजार कित्ताका लागि सर्वसाधारणले न्युनतम ५० देखि अधिकतम २१ हजार कित्ताका दरले आवेदन गरेका थिए । ४२ करोड रुपैंया चुक्ता पूँजी रहेको कम्पनीको यो सेयर निष्काशनसँगै चुक्ता पूँजी ७० करोड रुपैंया पुगेको छ ।

सेयर विक्रि प्रबन्धक रहेको सानिमा क्यापिटलका अनुसार साना लगानीकर्ताले ७ लाख ७२ हजार ८ सय कित्ता तथा ठुला लगानीकर्ताले ११ लाख ५८ हजार ६ सय कित्ता सेयर हात पारेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ