वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बंगलादेश बैंकको नयाँ लोगो सार्वजनिक

अर्थटुडे
२०७३ फाल्गुन ८, आईतवार

काठमाडौं । नेपाल बंगलादेश बैंक लिमिटेडले आफ्नो संस्थागत नयाँ लोगो सार्वजनिक गरेको छ । नयाँ लोगोमा हरेक कदममा अगाडि बढ्ने प्रतिवद्धता झल्किने खालको रंग र आकारमा नयां लोगोलाई प्रस्तुत गरिएको छ । नयां लागो सार्वजनिक गर्दै बैंक संचालक समितिका अध्यक्ष जलाल अहमदले बैंक नयां चरणमा प्रवेश गरेको बताए ।

नयां लोगोमा रातो र हरियो रंगको प्रयोग गरिएको छ । बैंकले उक्त लोगोमा प्रयोग भएको रातो रंगलाई हार्दिकता, परिपक्कता, निर्भिकता, उत्साह र उर्जाको समिश्रणको रुपमा लिएको तथा हरियो रंगलाई विश्वासनीयता, सृजनशिलता, गतिशिलता, प्रगतिको समिश्रणको रुपमा लिएको सो कार्यक्रममा जनाएको छ ।

उक्त नयां लोगोले बैंकको पहिचानमा थप मद्दत पुग्ने तथा बैंक, वित्तिय संस्थाहरुको भिडभाडमा पनि आफ्नो बजारीकरणलाई अझ टेवा पुग्ने विश्वास बैंकले लिएको प्रमुख कार्यकारी ज्ञानेन्द्र डुङनाले बताए ।

बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५४ करोड रुपैयाँ खुद नाफा गरेको छ । त्यस्तै बैंकको हालको चुक्ता पूंजी चार अर्ब, निक्षेप संकलन ४१ अर्ब तथा कर्जा लगानी ३६ अर्ब रहेको छ । बैंकले हाल ४३ शाखा, ७ शाखारहित सेवा, २ एक्सटेन्सन काउन्टर तथा ३९ वटा एटिएम बाट आफ्नो सेवा उपलब्ध गराई रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ