काठमाडौं । आइएलएफसीओ माइक्रोफाइनान्सको मूल्य समायोजन गरेर ५३० पुगेको छ । नेपाल स्टक एक्सचेन्जले आइतबार मुल्य समायोजन गरेर कम्पनीको भाउ तोकेको हो ।
आइएलएफसीओको ५५ बोनस सेयरपछि प्रतिकित्ता ५३० रुपैयाँमा भाउ समायोजन भएको हो । बोनस समायोजनपछि यो माइक्रोफाइनान्सको पहिलो कारोबार ५३० रुपैयाँमा हुनेछ । यसैगरी आइएलएफसीओको फागुन २२ गते साधारण सभा हुने भएकोले हाल सेयरधनी दर्ता किताब बन्द भएको छ ।
कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३३ लाख ७० हजार खुद नाफा कमाएको छ । माइक्रोफाइनान्सको चुक्ता पुँजी १० करोड छ यसको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ४८ पैसा रहेको छ ।
प्रतिक्रिया