काठमाडौं । भारतले ‘नो अब्जेक्शन लेटर’ दिएको छ । भारतको ऋण सहयोगमा बन्ने १७ वटा सडक र महाकाली पुलका लागि टेण्डर आव्हान गर्नको लागि नेपाल सरकारलाई‘नो अब्जेक्सन लेटर’दिएको हो । आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकलाई नेपाल भ्रमणमा रहेका भारतीय रेलमन्त्री सुरेश प्रभूले सो पत्र हस्तारन्तरण गरे ।
यस पत्र पाएसँगै अब भारतको आयात—निर्यात एक्जिम बैंकमार्फत प्राप्त हुने ३४ अर्ब लगानी गर्ने बाटो खुलेको छ । अब एक्जिम बैंकसँग छलफल गरेर भारतीय ऋण सहयोगमा बन्ने सडकको टेण्डर आहृवान गरिने छ ।
सडक विभागले यो प्रोजेक्ट अन्तर्गत १७ वटा सडक र महाकाली पुलको डिपीआर तयार गरेर भारतलाई ५ महिना अघि नै स्वीकृतिका लागि पठाएको थियो । ५ महिनापछि बल्ल भारतले टेण्डरमा जान सक्ने गरी नेपाललाई अनुमति प्रदान गरेको छ ।
भारतले सडकको दोस्रो चरणको परियोजनाका लागि ३.४ बिलियन अमेरिकी डलर अर्थात् ३६ अर्ब ४७ करोड रुपैयाँ ऋण दिने सम्झौता यसअघि नै गरिसकेको थियो ।
भारतीय ऋणमा बनाइने सडक निर्माणको जिम्मा भारतीय ठेकेदारले नै पाउनु पर्ने भारतको शर्त छ, जसमा नेपाली ठेकेदार मिलेर काम पनि गर्न सक्छन् ।
प्रतिक्रिया