काठमाडौं । कालिका माईक्रोक्रेडिट डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीहरुलाई ६५ प्रतिशत बोनस बाड्ने भएको छ । कम्पनीको ६५ प्रतिशत बोनस सेयरलाई राष्ट्र बैंकले सहमति दिएको छ । कम्पनीले गत आर्थिक वर्षको कमाइबाट सो बोनस दिन लागेको हो ।
चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा कम्पनीको चुक्तापुजी पाँच करोड रहेको छ ।
कम्पनीले राष्ट्रियस्तरको लघुवित्तमा विस्तारित हुन चुक्ता पूँजी बढाउन हकप्रद समेत ल्याउन सक्ने बुझिएको छ । बोनसपछि कम्पनीको पूँजी ८ करोड २५ लाख रुपैयाँ पुग्नेछ । कम्पनीले १० जिल्लामा २४ शाखाबाट वित्तिय सेवा प्रदान गरिरहेको छ ।
प्रतिक्रिया