वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सरकारद्धारा १४ देशमा राजदुत सिफारिस, जापानमा देउबाकै सासु

अर्थटुडे
२०७३ फाल्गुन ९, सोमबार

काठमाडौं । सरकारले १४ मुलुकमा राजदूत सिफारिश गरेको छ । ति मूलुकहरुमा लामो समयदेखि राजदुत थिएनन् । सोमबार मन्त्रीपरिषद्को बैठकले विभिन्न देशमा राजदुत नियुक्तिको लागि सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रबक्ता एवं सुचना तथा सन्चार मन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए ।

सोमवार राजदूत सिफारिश भएकाहरुमा माओवादी केन्द्रबाट युवनाथ लम्साल डेनमार्क, लक्की शेर्पा अष्ट्रेलिया, महेन्द्रवहादुर सिंह साउदी अरब र पदम सुन्दास,बहराइन छन् । उनीहरुलाई केपी ओली नेतृत्वको सरकारले पनि राजदूतमा सिफारिश गरेको थियो ।

त्यस्तै कांग्रेका तर्फबाट श्रीलंकामा अर्थशास्त्री डा.विश्म्भर प्याकुरेल ,बंगलादेशमा डा.चोपलाल भुसाल ,युएइमा आशा लामा, दक्षिण कोरिया अर्जुन जंगबहादुर सिंह,कतार रमेशप्रसाद कोइराला र म्यानमारमा भीम उदासलाई राजदुतमा सिफारिस गर्ने सरकारले निर्णय गरेको छ ।

त्यस्तै राप्रपाको तर्फबाट स्पेनमा भरत रायमाझी, इजरायलमा निरन्जन थापा र प्रतिभा राणालई जापानको राजदुतको लागि सिफारिस गरेको छ । जापानको राजदुतले सवैभन्दा बढी तलव खाने गरेको छ । जापानको लागि राजदुत सिफारिस गरिएकी राणा कांग्रेस सभापति शेरबहादुर देउवाको साइनोले सासु पर्छिन्

त्यसैगरी माओवादी केन्द्रको तर्फबाट डेनमार्क युवनाथ लम्साल, बहराइन पदम सुन्दास, अष्ट्रेलिया लक्की शेर्पा, साउदी महेन्द्र सिंह, रहेका छन्, भने ओमानमा फोरम लोकतान्त्रिकको तर्फबाट शर्मिला पराजुलीलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ