वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

स्थानीय चुनावको घोषणासँगै वित्त बजारमा तरलताको संकट हट्ने, सेयर बजारमा पनि सकारात्मक प्रभाव पर्ने

अर्थटुडे
२०७३ फाल्गुन १०, मंगलवार

काठमाडौं । सरकारले बैशाख ३१ गते स्थानीय निर्वाचनको घोषणा गरेको छ । यसले सेयर बजार र वित्तिय बजारमा सकारात्मक असर पर्ने देखिन्छ । पछिल्लो समयमा बैंक तथा वित्तिय संस्थामा तरलता अभाव हुदै जादा त्यसको सोझो असर सेयर बजारमा परेको छ । जसले बजार ओरालोतिर घचेटीरहेको छ ।

पुँजीगत खर्च कम भएर सरकारी ढुकुटीमा रकम थुप्रिरहेका सरकारले चुनाव गर्ने घोषणासँगै चुनावको लागि १० अर्व २९ करोड ६३ लाख ७६ हजार रुपैयाँ रकम उपलव्ध गराउेन पनि निर्णय गरेको छ । त्यस्तै सरकारले पुँजीगत खर्चमा पनि तिव्र रुपमा बृद्धि गर्ने निर्णय गरेको छ ।

जसका कारण सरकारी ढुकुटीमा रहेको रकम वित्त बजारमा आउने छ र तरलता अभावको समस्या हटेर जाने छ । अझै ८९ प्रतिशत पुँजीगत खर्च हुन बाँकी रहेकोले ति खर्चतिव्र रुपमा बढ्दा वित्त बजारमा पुजी आउने छ ।

बैंक तथा वित्तिय संस्थामा पर्याप्त तरलता हुदा बैंकहरुले व्याजदर कम गरेर लगानी गर्न थाल्नेछन् भने मार्जिन लेन्डिङमा पनि कर्जा प्रबाह गर्न थाल्नेछन् जसका कारण सेयर बजार चलायमान भएर उकालो लाग्ने छ ।
चालु आर्थिक वर्षको ६ महिनामा सरकारले जम्मा ११ प्रतिशतको  हाराहारीमा मात्र पुजीगत खर्च गरेको छ ।

अर्थमन्त्रालयले खर्च हुन नसकेको रकम रकमान्तर गरी अन्य शिर्षकमा नै खर्च गर्ने बताएको छ ।
अर्थमन्त्री कृष्णबहादुर महराले फागुन महिना भित्र पूँजीगत खर्च नगरे त्यो रकम तानेर अर्को कार्यालयलाई दिने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

हाल सरकारी ढुकुटीमा २ खर्व भन्दा बढी रकम थुप्रीएको छ, ति रकमहरु स्थानीय चुनाबको नाममा विभिन्न शिर्षकमा बाहिर आउने छ । जसले वित्त बजारलाई चलायमान तुल्याउछ । अर्थमन्त्रालयमा विभिन्न नयाँ आयोजनाहरु ल्याएर रकम बाड्ने खेल सुरु भइसकेको छ । खर्च नभएको रकम सरकारी ढुकुटीमा बस्दा सत्ताधारी पार्टीहरुले ति रकमको खोलो बगाउने छन् विभिन्न शिर्षकमा रकमान्तर गरेर ।

यसरी रकम बजारमा आउँदा सेयर बजारमा लगानी गर्नेहरुको संख्या मात्र नभएर रकम पनि बढ्छ । सिमित कम्पनीहरुको मात्र दोस्रो बजारमा कारोबार हुने भएकोले तरलताको संकट समाधान भइ सेयर बजार उकालो लाग्ने छ ।
अर्कोतर्फ स्थानीय चुनाब हुने भएपछि लगानीकर्तामा राजनीति अवस्था स्थिर भई लगानीको अवसर पर्याप्त हुन्छ भन्ने सोचले पनि दोस्रो बजारमा लगानी गर्न तम्सिन्छन् । परिणामस्वरुप सेयर बजार बढ्ने देखिन्छ । चु

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ