वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

उत्पादनमूलक क्षेत्रको कर्जाको ५० प्रतिशत र विपन्न वर्ग कर्जा सिसिडमा गणना नहुने

अर्थटुडे
२०७३ फाल्गुन १०, मंगलवार

काठमाडौ । बजारमा तरलताको अभाव भएपछि राष्ट्र बैंकले कर्जा तथा निक्षेपको अनुपात (सिसिडि रेसियो) लाई केही लचिलो बनाएको छ । यसै आर्थिक वर्षको अन्त्य सम्मको लागि लागुहुने गरी राष्ट्र बैंकले सिसिडि रेसियोमा केही प्रतिशत छुट दिएको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाले प्रत्यक्ष रुपमा लगानी गर्नुपर्ने २ प्रतिशत  विपन्न वर्ग कर्जा र उत्पादनशील क्षेत्रतर्फ प्रबाह हुने कर्जाको ५० प्रतिशत सम्मको कर्जा रकमलाई कर्जा निक्षेप अनुपातमा जोड्न नपर्ने व्यवस्था गरेको छ ।
अहिलेसम्म बैंक तथा वित्तिय संस्थाहरुले कर्जाको १२ प्रतिशत उत्पादनमूलक क्षेत्रमा लगानी गरिरहेका छन् । सो १२ प्रतिशतमा ६ प्रतिशत रकम भने सिसिडि रेसियोमा जोड्न नपर्ने भएको छ । यसरी हेर्दा बैंक तथा वित्तिय संस्थाहरु ८८ प्रतिशत सम्म सिसिडि रेसियोमा जान सक्नेछन् ।  यसबाट १२७ अर्ब रुपैयाँ बजारमा जाने राष्ट्र बैंकले बताएको छ ।

मंगलबार आयोजित मौद्रिक नीतिको मध्यावधि समिक्षा गर्दै तत्कालको समस्या समाधानको लागि बैंकले यो व्यवस्था लागु गरेको जनाएको हो ।

त्यस्तै राष्ट्र बैंकले विपन्न वर्ग कर्जातर्फ २ प्रतिशत प्रत्यक्ष लगानी गर्नुपर्ने व्यवस्था गरिएको भएपनि यस्ता कर्जाको गणना तथा हर्जना लगाउने व्यवस्था भने २०७५ असार मसान्तदेखि मात्र गरिने पनि जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ