वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कार किन्न अव ५० प्रतिशत मात्र ऋण, ओडीको सिमा घटाइयो, कल डिपोजिटमा साधारण बचतको भन्दा बढी व्याज दिन नपाइने

अर्थटुडे
२०७३ फाल्गुन १०, मंगलवार

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाले प्रदान गर्ने अटो लोनमा कडाई गरेको छ । गाडी खरिदका लागि दिइने अटोलोनमा अव मूल्यांकनको ५० प्रतिशत मात्रै ऋण प्रबाह गर्नुपर्ने व्यवस्था गरेको हो । राष्ट बैंकले मंगलवार मौद्रिक नीतिको मध्यावधि समिक्षा गर्दै निजी प्रयोजन बाहेक सार्वजनिक, निर्माण तथा सेवाका लागि खरिद गर्ने सवारी साधनमा भने यो प्रावधान लागु नहुने पनि जनाएको छ ।

बैक तथा वित्तिय संस्थाले यसअघि अटो लोनमा कुनैपनि गाडीको मूलयांकनको ९० प्रतिशतसम्म कर्जा प्रबाह गर्दै आएका थिए । त्यस्तै बैंकहरुले प्रदान गर्ने ओभर (ओडी) कर्जाको समेत सिमा घटाएर बढीमा ७५ लाख सम्म मात्र गरेको छ । यसअघि बैंक तथा वित्तिय संस्थाले यस्तो कर्जा एक व्यक्तिलाई एक करोड रुपैयाँ सम्म प्रबाह गर्न सक्ने व्यवस्था थियो ।

त्यस्तो ओडी लिएका ग्राहकहरुको समेत  २०७४ असार मसान्त सम्ममा ७५ लाखमा झारिसक्नुपर्ने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ । त्यस्तै बैंकले एक अर्ब रुपैयाँ बढीको बहु बैंकिङ कर्जा उपभोग गर्ने ग्राहकको कर्जालाई सहवित्तियकरण ऋणमा परिवर्तन गर्नुपर्ने छ । यदी यस्तो कर्जालाई सहवित्तियकरण ऋणमा परिवर्तन नगरे सुक्ष्म निगरानीमा राखी शत प्रतिशत नोक्सानी व्यवस्था गर्न लगाउने पनि राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले साधारण खाताको भन्दा बढी व्याज कल डिपोजिटमा नदिने व्यवस्था पनि गरेको छ । विभिन्न दवाबका बाबजुत पनि राष्ट्र बैंकले सिआरआरलाई भने यथाबत् नै राखेको छ । उत्पादनमूलक क्षेत्रमा कर्जा प्रबाह नभइ जथाभावी रुपमा कर्जा प्रबाह हुदा तरलताको समस्याको सामना गर्नुपर्ने भएकोले यस्ता प्रावधान ल्याएको गभर्नर डाक्टर चिरञ्जिवी नेपालले बताए ।

उनले पछिल्लो १५ दिनमा नै ७१ अर्व रुपैयाँ निक्षेप बढेको र १५ अर्ब रुपैयाँ कर्जा प्रबाह भएको पनि जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ