वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिंहदरबार भित्रका कार्यालयहरुबाट आइतबारदेखि अनलाइन पेमेन्ट

अर्थटुडे
२०७३ फाल्गुन १५, आईतवार

काठमाडौं । सिंहदरबारमा रहेका कार्यालयहरुबाट दिनुपर्ने संस्थागत भुक्तानी आइतवारदेखि बिद्युतीय प्रणालीबाट हुने भएको छ  । सिंहदरवार भित्र ६६ केन्द्रिय सचिबालय र मन्त्रालयहरु रहेकाछन् ।

यसमा व्यक्तिगत भुक्तानीको लागि भने यो प्रणालीको प्रयोग अनिवार्य गरिएको छैन  । पहिलो चरणमा सिंहदरबारमा रहेका सरकारी कार्यालयहरुले गर्ने २५ हजारभन्दा माथि रकमको भुक्तानी विद्युतीय प्रणालीबाट गर्ने भनिएको छ ।
यसले हाल सरकारी भुक्तानीको क्रममा आउने गरेको विभिन्न समस्याको समाधान हुने बताइएको छ ।

हाल ५ हजार सरकारी कार्यालयहरुले अन्य निकायहरुलाई गर्नुपर्ने भुक्तानी कोष तथा लेखा नियन्त्रक कार्यालयहरुमार्फत गर्नुपर्ने प्राबधान छ । जसले गर्दा भुक्तानीमा ढिलाई हुने गरेको छ ।

महालेखा नियन्त्रकको कार्यालयका प्रवक्ता केवलप्रसाद अधिकारीका अनुसार महालेखाले नेपाल क्लियरिङ हाउससँगको सहकार्यमा यस्तो व्यवस्था गर्न लागेको हो ।

उनले यस्तो व्यवस्था गर्दा भुक्तानीको क्रममा हुने ढिलाईको समस्या कम हुनुको साथै जनशक्ति पनि कम लाग्ने बताए ।
भुक्तानी दिने आदेश कोष तथा लेखा नियन्त्रक कार्यालयमा पठाउँदा भने भुक्तानी पाउँने संस्थाको बैंकमा रहेको खाता नम्बर सहित आदेश पठाउनुपर्ने व्यवस्था हुन्छ ।

अधिकारीले भुक्तानी लिने र दिने दुवैको एउटै बैंकमा खाता रहेमा भने यो प्रणालीको प्रयोगपछि तत्काल कारोबार राफसाफ हुने जानकारी दिए । एउटै बाहक अलग अलग वित्तयि संस्थामा खाता रहेमा भने २४ घण्टाभित्रमा भुक्तानी राफसाफ हुने छ ।

नेपाल क्लियरिङ हाउसको सदस्यता पाएका ६८ बैंकहरुबीचको भुक्तानी मात्रै यो प्रणाली लागु हुने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ