वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बिमा संस्थानलाई बक्यौता लेखापरिक्षण छिट्टो गर्न अर्थमन्त्री महाराको निर्देशन

अर्थटुडे
२०७३ फाल्गुन १५, आईतवार

काठमाडौं । उप तथा अर्थमन्त्री कृष्णबहादुर महराले राष्ट्रिय बीमा संस्थानलाई बक्यौता लेखापरिक्षण छिट्टो गर्न निर्देशन दिएका छन् । बीमा संस्थान ५० औं वर्ष प्रवेशको अवसरमा संस्थान कार्यालय परिसरमा निर्माण गरिएको स्वर्ण जयन्तीस्मारक स्तम्भको आइतबार अनावरण गर्दै उनले संस्थानको व्यवसाय निजी क्षेत्रको तुलनामा अगाडि आउनुपर्ने भन्दै उनले वक्यौता लेखा परिक्षण यथाशक्य छिटो गर्न निर्देशन दिए ।

संस्थानको पूँजी योजनालाई बीमा समितिसँग नीतिगत सल्लाह गरेर अगाडि बढाउन पनि अर्थमन्त्री महराले आग्रह गरे ।
मुलुकको आर्थिक विकासको लागि आन्तरिक साधन र पूँजीको परिचालन गर्न तथा विदेशी मुद्राको व्ययभार रोक्ने उद्देश्यले स्थापना भएको राष्ट्रिय बीमा संस्थान ५० औं वर्षमा प्रवेश गरेको अवसरमा स्वर्ण जयन्तीस्मारक स्तम्भ निर्माण गरिएको हो ।

संस्थान सञ्चालक समितिका अध्यक्ष डा. खेमराज खरेलले पर्याप्त मात्रामा आधुनिक सूचना प्रविधिमैत्री जनशक्तिको अभावमा पनि संस्थानले स्थापनाकालदेखि नै विश्वसनीय संस्थाको रूपमा आफ्नो स्थान बनाउन सफल भएको बताए ।

अझै पनि ठूलो संख्यामा नेपाली जनता बीमाको पहुँचभन्दा बाहिर रहेको भन्दै दक्षा जनशक्ति र नयाँ सूचना प्रविधिमार्फत देशका कुनाकुनामा बीमा सेवालाई विस्तार गरी देश र जनताको सेवामा समर्पित तथा उत्तरदायी हुन संस्थान कटिबद्घ रहेको उनले बताए ।

संस्थानका प्रशासक अश्विनीकुमार ठाकुरले लेखा अद्यावधिक तथा लेखापरीक्षण गराइसकेको र यस कार्यलाई विज्ञ परामर्शदाताको सहयोगमा अभियानका साथ अगाडि बढाइएको जानकारी दिए । संस्थानको व्यवसाय प्रवद्र्धनका लागि सशक्त माध्यमका रूपमा कार्यरत अभिकर्ता सेवा शर्त र सुविधामा समयसापेक्ष सुधार गरी आवश्यक व्यवस्था गर्ने प्रयासलाई निरन्तर रूपमा अगाडि बढाउने उनले बताए ।

संस्थानले जीवन बीमा गर्ने कम्पनीको सम्पत्ति दायित्व एकिन गर्न बीमांकीय मूल्यांकनलाई नियमित गर्ने जनाउँदै सन् २००७ देखिको बीमांकीय मूल्याङ्कन यथाशीघ्र अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेको छ ।

बीमाङ्कनबाट बीमा व्यवसाय (जीवन, निर्जीवन र पुनःबीमा)मा बीमालेख तयार गर्न, बीमा शुल्क निर्धारण गर्न, बीमा दाबी सङ्ख्याको पूर्वाअनुमान लगाउन, बीमा कम्पनीको सम्पत्ति वा दायित्वको अवस्था मूल्याङ्कनजस्ता सूचकको विश्लेषणबाट भावी कार्यदिशा लिन सहयोग पुग्नेछ ।

संस्थानले माथिल्लो तामाकोसी जलविद्युत् आयोजना, जलविद्युत् लगानी तथा विकास कम्पनी, विद्युत् उत्पादक कम्पनीलगायतका अन्य क्षेत्र गरी आफ्नो पूँजी कोषबाट १५ अर्ब लगानी गरेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ