वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आस्वा प्रणालीलाई प्रभावकारी बनाउ : बोर्ड

अर्थटुडे
२०७३ फाल्गुन १६, सोमबार

काठमाडौं । नेपाल धितोपत्र बोर्डले जुनसुकै बैंकबाट प्राथमिक सेयरका लागि आवेदन दिन सकिने आस्वा (एप्लिकेशन सपोर्ट वाई ब्लक एमाउन्ट) प्रणालीलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ । यस प्रणालीमा सहभागी भएकाले कतिपय बैंक तथा वित्तीय संस्थाले प्रभावकारी सेवा नदिएको गुनासो बढेपछि बोर्डले आवश्यक व्यवस्था गरी सेवा प्रभावकारी बनाउन भनेको हो ।

हालसम्म ४१ वटा बैंक तथा वित्तीय संस्थाले आस्वा प्रणाली संचालन गर्न बोर्डबाट अनुमति पाएका छन् । तर, हालै जारी भएका प्राथमिक सेयरमा कतिपय बैंक तथा वित्तीय संस्थाबाट सहज रुपमा सेवा नपाएको लगानीकर्ताले गुनासो गरेका थिए ।

बोर्डले आस्वा आस्वा प्रणालीमा सहभागी संस्थाका कर्मचारीहरुलाई आवश्यक तालिम तथा अन्तरक्रिया कार्यक्रम संचालन गर्नुका साथै प्रणालीको कार्यान्वयन सम्बन्धमा कुनै समस्या देखा परेमा बोर्डलाई जानकारी गराउन समेत निर्देशन दिएको जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ