काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले आगामी चैत एक गते एफपिओ (फरदर पब्लीक अफरिङ) मार्फत २५ लाख ५८ हजार १४० कित्ता साधारण सेयर निश्कासन गर्ने भएको छ । एक सय अंकित मूल्यमा एक हजार १९० रुपैयाँ प्रिमियम जोडेर एक हजार २९० रुपैयाँमा एफपिओ जारी गर्न लागेको हो ।
चैत १ गतेदेखि आवेखन खुल्ला हुने र छिटोमा चैत ४ गते बन्द गरिने बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ । यसमा लगानीकर्ताले कम्तीमा १० र बढीमा २५ हजार ८८० कित्तासम्मका लागि आवेदन दिनसक्नेछन् ।
विहिबार आवहानपत्र सार्वजनिक गर्दै आस्वाको अनुमति पाएका नेपालका ४१ बैंक तथा बित्तीय संस्था र तिनका देशभरका ७३ जिल्लामा फैलिएका १ हजार ९ सय ७१ वटा शाखाबाट एफपीओमा दरखास्त दिन सकिने जानकारी दिइएको छ । यसैगरी बिक्री प्रबन्धक एनएमबी क्यापिटलको मुख्य कार्यालय र एनएमबी बैंकका देशभरका शाखा र अन्य तोकिएका केन्द्रहरुबाट लाइन लागेरै दरखास्त दिन सकिने बताइएको छ ।
प्रतिक्रिया