काठमाडौँ । भारतीय अर्थमन्त्री अरुण जेट्लीले भारतले नेपाललाई आर्थिक रुपमा सबल देख्न चाहेको बताएका छन् । उद्योग मन्त्रालय र लगानी वोर्डको संयुक्त आयोजनामा विहिबारदेखि सुरु भएको लगानी सम्मेलनमा प्रमूख बक्ताको रुपमा बोल्दै भारतीय अर्थमन्त्री जेट्लीले आर्थिक सम्भावना राम्रो रहेको नेपालमा लगानीको उपयुक्त अवसर भएको बताए ।
भारतीय अर्थमन्त्री जेट्लीले ऊर्जा, कृषि, पर्यटन, सिचाईँका क्षेत्रमा नेपालमा लगानीको लागि राम्रो अवसर रहेको बताउँदै नेपाल र भारतले मिलेर ऊर्जा, प्रसारण लाइन, सिँचाई क्षेत्रमा सहकार्य गरिरहेको बताए ।
विभिन्न क्षेत्रमा नेपाल र भारतका लगानीकर्ताबीच सहकार्य गरेर अगाडि बढ्न सकिने उनले बताए । नीतिगत सुधार भएमा लगानी भित्रन सक्ने भन्दै जेट्लीले लगानी विस्तार गर्नका लागि राज्यले दूरगामी कर नीतिलाई ध्यान दिनुपर्ने सुझाव दिए ।
सम्मेलनमा भारत, चीन, बङ्गलादेश, श्रीलङ्का, सिंगापुर, हङकङ, मलेसिया, अमेरिका, रुस, क्यानाडालगायत दुई दर्जन मुलुकका २५० संस्थागत तथा व्यक्तिगत लगानीकर्ता सम्मेलनमा सहभागी छन् ।
प्रतिक्रिया