वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कल खातामा साधारण बचतको भन्दा बढी व्याज दिन नपाइने

अर्थटुडे
२०७३ फाल्गुन २०, शुक्रबार

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कल डिपोजिटमा बचत खाताको ब्याजदर भन्दा बढी दिन नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीतिको अर्धबार्षिक समिक्षामा गरेको घोषणा अनुसार परिपत्र जारी गर्दै कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।

निर्देशनमा राष्ट्र बैंकले हाल कायम रहेका यस्तो डिपोजिटको ब्याजदर चैत्र मसान्त भित्रमा बचतको भन्दा कम गर्न समेत भनेको छ । लगानी योग्य रकमको अभाव भयो भन्दै बैंकहरुले कल डिपोजिटको ब्याजदर झण्डै १३ प्रतिशतसम्म पुर्याएका थिए भने बचतमा तीन प्रतिशतसम्म ब्याज दिने गरेका थिए ।

यसैगरी १ अर्ब भन्दा बढि लगानीलाई २०७४ असार सम्ममा सहवित्तीयकरण कर्जामा परिणत गर्न र यस्तो कर्जालाई सुक्ष्म निगरानीमा बर्गिकरण गरी जोखिम व्यवस्था गर्न पनि निर्देशन दिएको छ ।

यसैगरी व्यक्तिगत प्रयोजनका लागि सवारी साधान खरिद गर्दा प्रवाह गर्ने कर्जामा गाडि मूल्यको अधिकत्म ५० प्रतिशत मात्र कर्जा प्रवाह गर्ने, उत्पादनशील क्षेत्रमा गएको र विपन्न वर्ग कर्जाको ५० प्रतिशतसम्म रकमलाई सीसीडी रेसियोमा गणनाको क्रममा लिन नपर्ने बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ