काठमाडौं । माछापुच्छे« बैंकसँग मर्जर तोडेर बसेको जनता बैंकले सिद्धार्थ डेभलपमेन्ट बैंक खरिद (अक्वायर) गर्ने भएको छ । दुवै कम्पनीबिच यससम्बन्धी सम्झौता भई प्रक्रिया अघि बढेको छ ।
जनताले यसअघि नै त्रिवेणी विकाससँगको मर्जर प्रकृया अघि बढाएको छ ।
सिदार्थको पुँजी एक अर्ब ४१ करोड रुपैयाँ रहेको छ । जनता बैंकको हाल दुई अर्ब ३० करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ ।
जनता, त्रिवेणी र सिद्धार्थ मिलेपछि नेपाल राष्ट्र बैंकले तोकेको आठ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्र्याउन सहज हुनेछ ।
प्रतिक्रिया