वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

साधारण बचतकर्ताको व्याज बढ्दै, कल डिपोजिटमा घट्ने

अर्थटुडे
२०७३ फाल्गुन २०, शुक्रबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले विहिबार जारी गरेको निर्देशनबाट सर्वसाधारण बचतकर्ताको व्याजदर बढ्ने भएको छ । केन्द्रीय बैंकले जारी गरेको निर्देशनअनुसार बैंकहरुले कल डिपोजिट खातामा साधारण बचत खाताको भन्दा बढी व्याज दिन नपाउने व्यवस्था छ । यो व्यवस्थाका कारण अब बैंकहरुलाई साधारण बचतको व्याजदर बढाउने या कल डिपोजिटको घटाउने दवाव परेको छ ।

कल डिपोजिट खाता प्रायः संस्था या कम्पनीले संचालन गर्छन् । उनीहरुले कारोबार व्यक्तिगत भन्दा बढी हुने भएकाले बैंकहरुले त्यस्ता कम्पनीहरुलाई बढी व्याज दिदै आएका थिए । जसको कारण व्यक्तिगत बचतकर्ता भने मर्कामा पर्दै आएका थिए ।

सिमित बचतकर्तालाई पोस्ने र अधिकांशलाई मर्कामा पार्ने बैंकहरुको कामलाई राष्ट्र बैंकको निर्देशनसँगै बन्द हुने आश गरिएको छ ।

हाल बैंकहरुले मुद्दति र कल खातामा १२ प्रतिशतसम्म व्याजदर पुर्र्याउदा व्यक्तिगत साधारण खातामा भने अझै ५ प्रतिशत पनि पुर्र्याएका छैनन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ