वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल लाईफको एफपिओ बाडफाँड

अर्थटुडे
२०७३ फाल्गुन २०, शुक्रबार

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले एफपिओ (फरदर पब्लिक अफरिङ) बाट निश्कासन गरेको सेयर शुक्रबार बाडफाँड गरेको छ । जसमा साना लगानीकर्तालाई गोलाप्रथामा र ठूला लगानीकर्तालाई अनुपातमा सेयर बाडिएको बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।
कम्पनीका अनुसार १७० कित्ता भन्दा कमका लागि आवेदन गर्नेले गोलाप्रथामा १० कित्ता सेयर पाएका छन् भने १८० सम्म आवेदन दिने सबैले १० कित्ता पाएका छन् ।

यसैगरीयसभन्दा बढी सेयरका लागि आवेदन दिने लगानीकर्ताले ५.६३ प्रतिशत सेयर पाएका छन् ।

दुई लाख ५५ हजार २१५ आवेदनमध्ये दुई लाख ५५ हजार ५३ आवेदक मात्र सेयर बाँडफाँडमा सहभागि गराइएका थिए । जस मध्ये एक लाख ६५ हजार पाँच सय ६४ आवेदकले मात्र सेयर पाएका छन् ।

यसमा १० कित्ताका लागि आवेदन दिनेमा ५५०३ जनाले, २० कित्ताका लागि आवेदन गर्नेमध्येमा ४ हजार ३७७ जनाले ३० कित्ता आवेदन गर्नेमध्ये एक लाख १४ हजार १२५ जनाले पनि १० कित्ता सेयर पाएका छन् ।

४० कित्तादेखि १६० कित्तासम्म आवेदन गर्नेहरुलाई गोलाप्रथाबाट ५.६३ प्रतिशतका दरले सेयर पाएका छन् । १७० कित्ताभन्दा वढि आवेदन गर्ने सबैले सोही अनुपातमा सेयर पाएका छन्।

कम्पनीले  १०० रुपैयाँ अंकित सेयरमा १३ सय २५ रुपैयाँ प्रिमियम जोडेर १४ सय २५ रुपैयाँ एफपिओ जारी गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ