वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सेञ्चुरी बैंकले सगरमाथा फाइनान्स किन्ने

अर्थटुडे
२०७३ फाल्गुन २०, शुक्रबार

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले सगरमाथा फाइनान्स प्राप्ती (एक्वीजीशन) गर्ने भएको छ । यससम्बन्धी सम्झौतामा दुवै कम्पनीबिच विहिबार सम्झौता भएको छ ।

सेञ्चुरीले यस अघि इन्नोभेटिभ डेभलपमेन्ट बैंक तथा अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्न सैद्धान्तिक सहमति प्राप्त गरिसकेकोे छ । बैंकसँग अहिले तीन अर्व ६८ करोड रुपैयाँको चुक्ता पुँजी छ । बैंकले यी तीन संस्था प्राप्तीबाट करिब एक अर्ब ५० करोड रुपैयाँ पूँजी थपिनेछ । एक्वीजीशनबाट डेढ अर्व रुपैयाँ थपिएपछि बैंकसँग पाँच अर्व १८ करोड रुपैयाँ चुक्ता पुँजी पुग्नेछ ।

बैंकले नपुग पुँजी हकप्रद सेयर जारी गरेर तथा चालु आर्थिक वर्षको मुनाफाबाट बोनस वितरण गरेर पुर्याउने लक्ष्य लिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ