काठमाडौं । सिद्धार्थ डेभलपमेन्ट बैंकले हकप्रद सेयर निष्कासनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले ६० प्रतिशत हकप्रद सेयर निष्कासन अनुमतिको लागि बोर्डमा निवेदन दिएको हो । बैंकले बोर्डसँग एक सय रुपैँया अंकित दरका ८५ लाख १५ हजार ५६० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । जसको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
गत बुधबार सिद्धार्थ डेभलपमेन्ट बैंकलाई जनता बैंकले एक्वायर गर्ने सहमति भएको थियो । अहिले बैंकको चुक्ता पूँजी एक अर्ब ४१ करोड ९१ लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर पश्चात बैंकको चुक्तापुँजी २ अर्व२७ करोड पुग्ने छ । जनताबैंकले एक्वायर गर्ने सहमति हुनुभन्दा अगाडी नै बेंकले हकप्रद सेयर दिने निर्णय गरिसकेकोले हकप्रद सेयर निष्कासनका लागि बोर्ड पुगेको बैंकले जनाएको छ ।
जनता बैंकले यसअघि नै त्रिवेणी विकास बैंकलाई एक्वायर गर्ने सम्झौता गरिसकेको छ । सिद्धार्थ र त्रिवेणी एक्वायर गरेपश्चात राष्ट्र बैंकले तोकेको आठ अर्ब चुक्ता पूँजी पुग्ने छ। जनता बैंकसँग एक्वायरमा बुधबार सम्झौतापछि बिहीबारदेखि नै सिद्धार्थको सेयर कारोबार रोकिएको छ ।
प्रतिक्रिया