काठमाडौं । नेपाल लाइफ इन्सुरेन्स र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको एफपीओ र आइपीओमा नपरेको रकम यही फागुन २६ गतेदेखि फिर्ता दिने भएको छ । नेपाल लाइफ इन्सुरेन्को एफपीओको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडका अनुसार कुन–कुन बैंकबाट फिर्ता गर्ने भनेर छिट्टै सूचना प्रकाशित गर्ने बताए ।
उनले अहिले सम्म यी बैंकहरुबाट भनेर निर्णय नभइसकेको बताए । उनले कतिपय सेयरधनीहरुका रकम भने खातामा नभइ चेकबाट नै पेमेन्ट गर्नुपर्ने अबस्था रहेको बताए ।
नेपाल लाइफ र फरवार्ड कम्युनिटी दुवैको सेयर गत शुक्रबार बाँडफाँट गरिएको हो । नेपाल लाईफको एफपीओमा १७० कित्ता देखि १८० कित्ता सम्म आवेदन दिने सबैले १० कित्ता सेयर पाएका थिए । १० कित्तादेखि १६० कित्तासम्म गोला प्रथाबाट सेयर बाँडिएको थियो । यसमा अधिकतम ३० हजार ९६० कित्ता आवेदन दिनेले १७ सय ४१ कित्ता सेयर पाएका छन् ।
त्यसैगरी, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको आइपीओमा पनि न्यूनतम १० कित्तादेखि अधिकतम २६ कित्ता सम्म सेयर परेको छ । एक हजार ३० कित्तासम्म आवेदन दिनेलाई गोलाप्रथाबाट सेयर बाँडिएको हो । एक हजार ४० कित्तादेखि माथि आवेदन दिने सबैले सेयर पाएका छन् ।
प्रतिक्रिया