काठमाडौं । नेपाल बैंकले डेढ अर्ब भन्दा बढीको हकप्रद सेयर निस्कासन गर्ने भएको छ । बैंकले एक अर्ब ५४ करोड ३१ लाख ८४ हजार रुपैयाँ बराबरको हकप्रद निस्कासनको लागि सोमबार धितोपत्र बोर्डमा निबेदन दिएको छ ।
बैंकले हकप्रद जारी गर्नका लागि यसअघि नै सिभिल क्यापिटललाइ बिक्रि प्रबन्धक नियुक्त गरिसकेको छ । अब बोर्डले पारित गरेपछि बैंकले हकप्रद जारी गर्नेछ ।
हाल ६ अर्ब ४९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको हकप्रद निस्कासन पश्चात पुँजी आठ अर्व रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया