काठमाडौं । गत आर्थिक वर्षको नाफाबाट विभिन्न ८८ वटा कम्पनीले १६ अर्व ९४ करोड २९ लाख ६७ हजार १८६ रुपैयाँ बराबरको बोनस सेयर वितरण गरेको छ ।
ति कम्पनीहरुले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १७ करोड ६८ हजार ६४३ कित्ता बोनस सेयर वितरण गरेको हो । नेपाल धितोपत्र बोर्डक अनुसार ८८ बटा कम्पनीको बोनस सेयर फागुन १७ गतेसम्ममा बोर्डमा दर्ता भइसकेका छन् ।
नेपाल राष्ट्र बैंकले २०७४ असार मसान्त सम्ममा बाणिज्य बैंकहरुलाई अनिवार्य रुपमा ८ अर्व चुक्तापुँजी पुर्याउनको लागि निर्देशन दिएसँगै गत आर्थिक वर्षको नाफाबाट बाणिज्य बैंकहरुले धमाधम बोनस सेयर वितरण गरी चुक्तापुँजी बढाइरहेका छन् ।
त्यस्तै अन्य कम्पनीहरुले पनि आफ्ना लगानीकर्ताहरुलाई बोनस सेयर दिएर कम्पनीलाई थप मजबुत बनाइरहेका छन् । चुक्तापुँजी बृद्धि गर्ने विमा समितिको निर्णयसँगै विमा कम्पनीहरुले पनि लगानीकर्ताहरुलाई बोनस सेयर दिइरहेका छन् ।
त्यस्तै फाइनान्स र विकास बैंकको पनि चुक्तापुँजी बृद्धि हुदैछ भन्ने हल्लाका कारण पनि फाइनान्स कम्पनीहरुले बोनस सेयर दिएर चुक्तापुँजी बृद्धि गरिरहेका छन् । सबैभन्दा बढी बोनस सेयर दिनेमा मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक र शिखर इन्सुरेन्स कम्पनी लिमिटेड रहेका छन् । जसले आफ्ना सेयरधनीहरुलाई ६० प्रतिशत बोनस सेयर दिने भएको छ ।
त्यस्तै सबैभन्दा कम बोनस सेयर दिनेमा अपी पावर कम्पनी र भक्तपुर फाइनान्स रहेका छन् । ति कम्पनीहरुले क्रमशः ५ प्रतिशत र ५.५० प्रतिशत बोनस सेयर दिएका छन् ।
कसले कति दिए बोनस सेयर हेर्नुहोस्
प्रतिक्रिया