वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सप्तरीका प्रमूख जिल्ला अधिकारी सहित चार सुरक्षा अधिकारी गृहमन्त्रालय बोलाइयो

अर्थटुडे
२०७३ फाल्गुन २४, मंगलवार

काठमाडौँ । गृहमन्त्रालयले सप्तरीका प्रमूख जिल्ला अधिकारी सहित चार सुरक्षा अधिकारीलाई गृहमन्त्रालयमा बोलाएको छ ।
सोमबार सप्तरीको राजविराजमा झडपका क्रममा तीनजना मधेसी मोर्चाका कार्यकर्ता मारिएपछि उनीहरुलाई सरकारले गृहमन्त्रालयमा बोलाएको हो ।

गृहमन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सिना, प्रहरी प्रमुख एसपी दिवेश लोहनी, सशस्त्र प्रहरीका एसपी जयबहादुर खड्का र नेपाल प्रहरीका डिएसपी दानबहादुर खड्कालाई मन्त्रालयमा बोलाइएको जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ