वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

तीन दलको योजनामा सप्तरी घटना: यादव

अर्थटुडे
२०७३ फाल्गुन २५, बुधबार

भक्तपुर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तीन दलको योजनाबद्ध रुपमा सप्तरी घटना घटाइएको आरोप लगाएका छन् । भक्तपुरमा भएको एक कार्यक्रममा बोल्दै अध्यक्ष यादवले प्रधानमन्त्री , गृह मन्त्री र एमालेका नेताहरुले पहिले नै योजना बनाएर सप्तरी  घटना घटाएको भन्दै लोकतन्त्रमा एमालेले आमसभा गर्न पाउने र त्यसको बिरोध अरुले पनि गर्न पाउने भएता पनि मधेशी मोर्चाका कार्यकर्तालाई छानी छानी टाउकोमा गोली हान्नु योजनाबद्ध रहेको बताए ।

प्रधानमन्त्रीसँगको भेटमा मोर्चाको मागको सुनवाई नगर्ने भन्ने उत्तर आए पछि उनले सरकारलाई दिएको समर्थन मेधशी मोर्चाको बुधबार बसेको बैठकले फिर्ता लिएको बताउँदै बुधबारदेखि नै सरकार अल्पमतमा परेको बताए । उनले एक हप्ताको अल्टिमेटम दिएर सरकारको समर्थत फिर्ता लिने अडान लिएको बताए ।

स्थानीय तहको निर्वाचन नहुने बताउँदै उनलेसंविधान निर्माणमा भएको त्रुटि नसच्याएसम्म देशमा शान्ति स्थापना नहुने बताए ।उनले एमालेले आफना शीर्ष नेताको हप्ता प्रयास भएको भन्ने प्रचार भ्रामक र घटनालाई अन्तै मोड्ने प्रयास भएको बताउँदै सुनियोजित रुपमा घटाइएको घटनाको विरोध जति गरे पनि कम नहुने बताए ।

सप्तरी घटनामा टाउको, र छात्तीमा मधेशी मोर्चाका कार्यकर्तालाई गोली लाग्नु र एमालेका एक जना पनि कार्यकर्ता घाइते नहुनेले घटना सुनियोजित भएको प्रष्ट हुने उनले बताए । निर्वाचन गर्ने भनियता पनि यो भ्रामाक रहेको भन्दै केन्द्र र प्रदेशको निर्वाचन पश्चात मात्र स्थानिय तहको निर्वाचन हुने बताए ।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ताको क्रममा संविधान संशोधनको प्रतिबद्धता जनाएपनि प्रतिबद्धता पूरा नगरेर अन्तराष्ट्रिय छवी गुमाएको बताए । उनले राजदूत नियुक्ति, प्रहरी महानिरीक्षक चयनजस्ता धेरै विषयमा सरकार चुकेको र सरकारको ध्यान तस्कर, भूमाफीयाको चंगुलमा फसेकाले संविधान कार्यान्वयनमा भन्दा तस्कर धन्दामा लागेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ