वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल लाइफ र फरवार्ड कम्युनिटीको सेयर नपरेको रकम आजदेखि फिर्ता

अर्थटुडे
२०७३ फाल्गुन २६, बिहीबार

काठमाडौं । नेपाल लाइफ इन्सुरेन्स र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले जारी गरेको एफपीओ र आइपीओमा नपरेको पैसा आजदेखि फिर्ता हुने भएको छ । नेपाल लाइफ इन्स्यारेन्सको एफपीओमा नपरेको रकम १४ वटा बैंक तथा वित्तिइ संस्थामा खाता हुनेहरुले त्यही नै रकम पाउने छन् । नेपाल लाइफको एफपीओको विक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार पाँच बाणिज्य बैंक, सात विकास बैंक र दुई वटा फाइनान्समा खाता भएका लगानीकर्ताहरुले सोही खातामा एफपीओ नपरेको रकम पाउने छन् ।

कुन कुन बैंकको खातामा नै जान्छ पैसा?

खातामा नै रकम जाने बाणिज्य बैंकहरुमा सिद्धार्थ, माछापुच्छ्रे ,कुमारी बैंक, नेपाल क्रेडिट एण्ड कर्मस बैंक र एनआईसी एशिया बैंक रहेका छन् । त्यस्तै विकास बैंकहरुमा एस डेभलपमेन्ट, ज्योति विकास, सिद्धार्थ डेभलपमेन्ट, यति डेभलपमेन्ट, पुर्णिमा विकास, अरनिको डेभलपमेन्ट र तिनाउ डेभलपमेन्ट बैंकमा खाता रहेका लगानीकर्ताहरुले पनि सोही खातामा रकम पाउने छन् ।

त्यस्तै फाईनाईन्स कम्पनीतर्फ गुडविल फाईनाइन्स र श्री ईन्भेष्टमेन्ट एण्ड फाईनाइन्स कम्पनीमा खाता भएका लगानीकर्ताले पनि सोही खातामा रकम पाउने छन् ।

त्यसैगरी फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको आइपीओमा नपरेको रकम पनि तीनवटा बैंकमा खाताहुनेले सोही खातामा रकम पाउने छन् । फरवार्ड कम्यसनिटीको विक्रि प्रबन्धक रहेको नबिल ईन्भेष्टमेन्टका अनुसार नबिल बैंक, माछापुछ्रे बैंक र एनएमबि बैंकमा खाता रहेका लागानीकर्तालाई खातामा नै रकम फिर्ता हुने छ ।
अन्य बैंकमा खाता भएकाले रकम बुझाएको स्थानबाट फिर्ता गरिने बताएको छ ।

दुबै कम्पनीको सेयरमा आबेदन परेको झण्डै ५५ अर्ब रुपैयाँ लगानीकर्ताको हातमा पुग्ने भएपछि यसले बित्त बजारमा चहल पहल बढाउने देखिएको छ । खातामै रकम जाने बाणिज्य बैंकहरुमा सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, विकास बैंकतर्फ
फरवार्ड कम्यसनिटीले माघ ९ गतेदेखि माघ १२ गतेसम्म आइपीओ निष्काशन गरेको थियो भने नेपाल लाईफ इन्सुरेन्सले पुस २७ देखि माघ २ गतेसम्म १४२५ रुपैयाँमा एफपीओ जारी गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ