वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

विप्लब माओवादीका कार्यकर्ताले जलाए साझा यातायात

अर्थटुडे
२०७३ फाल्गुन २८, शनिबार

काठमाडौं । विप्लब माओवादीका कार्यकर्ताहरुले शनिबार  दिउँसो साझा यातायातको यात्रु बसमा आगजनी गरेका छन् ।
बालाजुको बाइपासमा यात्रु बोकेर हिडिरहेको बा ४ ख ५६४८को बसमा रहेका यात्रुलाई ओरालेर आगो लगाइएको हो ।

आगलागीबाट बसको भित्री भाग जलेर क्षतिग्रस्त भएको छ । बसमा खुकुरी र अन्य हतिायर सहित आएको एक समूहले पेट्रोल छर्किएर आगजनी गरेको प्रत्यक्षदर्शीहरुदे बताएका छन् । सो साझायातायात नयाँ बसपार्कदेखि एयरपोर्ट सम्म चल्ने गरेको थियो ।
कञ्चनपुर घटनाको बिरोधमा शनिवार विप्लव माआवादीले नेपाल बन्द गरेका थिए । बन्द भनिएपनि आइतबार विहानैदेखि साझा यातायात सञ्चालन भइरहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ