काठमाडौं । नेपाल राष्ट्र बैंकले गैरसरकारी संस्थाहरुलाई २०७४ सम्ममा स्तरोन्नति भइसक्न निर्देशन दिएको छ ।
त्यस्तै गैरसरकारी संस्थाबाट स्तरोन्नती भएर लघुवित्त विकास बैंक बनेकाहरुलाई दुई बर्षभित्र सर्वसाधारणमा शेयर जारी गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।
सो निर्देशन पछि गैरसरकारी संस्थाबाट लघुवित्त विकास बैंक बनेका संस्थाहरुले २०७५ मंसिरभित्र साधारण शेयर जारी गरिसक्नुपर्ने छ । २०७५ मंसिरभित्र नै उनीहरु कम्पनी ऐन अनुसार दर्ता हुनुपर्ने छ ।
बुधबार आयोजित चौथो लघुवित्त सम्मेलनमा राष्ट्र बैंकका गभर्नर डा.चिरन्जीवी नेपालले कम्पनी थपिएपछि लगानी विस्तारमा सघाउ पुग्ने बताए ।
यसअघि नै राष्ट्र बैंकले स्तरोन्नति गर्ने व्यवस्था गरेको थियो । तर विभिन्न कारणले स्तरोन्नति हुन सकेको थिएन । अहिले आएर राष्ट्र बैंकले फेरि म्याद थपेको छ ।
हाल करिव अढाई दर्जन गैरसरकारी संस्थाहरु छन् । यी गैरसरकारी संस्थाहरुले विपन्न वर्गमा लगानी गर्ने उद्देश्यले राष्ट्र बैंकसँग अनुमति लिएर काम गर्दै आएका थिए ।
प्रतिक्रिया